BIZMANDU
www.bizmandu.com

टाटाको ह्यारियर इभी भारतमा गरियो सार्वजनिक, मूल्य २१ लाख ४९ हजार भारु

२०८२ जेठ २०

टाटाको ह्यारियर इभी भारतमा गरियो सार्वजनिक, मूल्य २१ लाख ४९ हजार भारु
टाटाको ह्यारियर इभी भारतमा गरियो सार्वजनिक, मूल्य २१ लाख ४९ हजार भारु

काठमाडौं। टाटा मोटर्सले फ्लागसिप इभीका रुपमा टाटा ह्यारियर इभी बजारमा ल्याएको छ। कम्पनीले टाटा ह्यारियर इभी भारतमा सार्वजनिक गरेको छ।

Tata
GBIME

यो गाडीमा दुई वटा मोटर राखिएको छ। अगाडि ११६ किलोवाट र पछाडि १७५ किलोवाट क्षमताका मोटर राखिएका हुन्। यी दुबै मोटर पावरले कुल ५०४ एनएम टर्क उत्पादन गर्छ। यसलाई शून्यदेखि १०० किलोमिटर प्रति घन्टाको स्पिड पुग्न ६.३ सेकेन्ड मात्रै लाग्छ।

यसमा लङरेन्जमा ६५ र ७५ किलोवाट आवर(युनिट) क्षमताका ब्याट्री राखिएको छ। यसले १५ मिनेटको चार्जमा २५० किलोमिटर र फुल चार्जमा ४८० देखि ५०५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।

गाडीमा अफरोड ड्राइभको क्षमता छ। त्यसका लागि ६ वटा अफरोड ड्राइभिङ मोड प्रदान गरिएको छ। साथै अल ह्वील ड्राइभ पनि प्रदान गरिएको छ। गाडीमा १४.५३ इन्चको सिनेम्याटिक इन्फोटेनमेन्ट स्क्रिन छ।

भारतमा यो गाडीको मूल्य २१ लाख ४९ हजार भारु तोकिएको छ।