BIZMANDU
www.bizmandu.com

एआईमा अर्बौं लगानी गरिरहेको माइक्रोसफ्टले खर्च कटौती भन्दै निकाल्यो ३०० बढी कर्मचारी

२०८२ जेठ २०

एआईमा अर्बौं लगानी गरिरहेको माइक्रोसफ्टले खर्च कटौती भन्दै निकाल्यो ३०० बढी कर्मचारी
चीनको बेइजिङस्थित माइक्रोसफ्टको भवन। Photo: Bloomberg

काठमाडौं। माइक्रोसफ्टले थप सयौं कर्मचारीलाई बर्खास्त गरेको छ। टेक जायन्ट माइक्रोसफ्टले सोमबार ३०० भन्दा बढी कर्मचारीलाई पदबाट बर्खास्त गरेको छ।

Tata
GBIME

आर्टिफिसियल इन्टेलिजेन्समा अर्बौं डलर लगानी गरिरहेको कम्पनीले खर्च कटौती गर्ने भन्दै ठूलो संख्यामा कर्मचारीहरुलाई जागिरबाट निकालिरहेको छ।

गत महिना मात्रै माइक्रोसफ्टले ६ हजारभन्दा बढीलाई जागिरबाट निकाल्ने घोषणा गरेको थियो। सोमबारको कटौती यो संख्यामा उल्लेख नभएको माइक्रोसफ्टले स्पष्ट पारेको छ।

पछिल्लो समय ठूला प्रविधिसम्बद्ध कम्पनीहरुले एआईको अध्ययन तथा अनुसन्धानमा धेरै रकम खर्च गरिरहेका छन्। एआई प्रविधिमा अब्बल सावित गर्न ठूलो रकम जोहो गर्नुपर्ने भएकाले उनीहरुले कर्मचारी कटौतीलाई बचतको रुपमा अर्थ्याउँदै लगेका छन्।

माइक्रोसफ्टमा काम गरिरहेका सफ्टवेयर इन्जिनियरहरु ठूलो मात्रामा जागिरबाट निकालिंदै गएका छन्। सोमबारको कटौतीमा कस्ता प्रकृतिका कर्मचारीलाई निकालियो भन्ने खुलाइएको छैन। सन् २०२४ जुनसम्म माइक्रोसफ्टसँग २ लाख २८ हजार फुलटाइम कर्मचारी थिए। त्यसमध्ये ५५ प्रतिशत अमेरिकामा काम गर्थे।