BIZMANDU
www.bizmandu.com

सार्वजनिक यातायात बन्द हुँदा आन्तरिक उडानमा चाप, यात्रु संख्या २२ प्रतिशतले वृद्धि

२०८२ जेठ २०

सार्वजनिक यातायात बन्द हुँदा आन्तरिक उडानमा चाप, यात्रु संख्या २२ प्रतिशतले वृद्धि
सार्वजनिक यातायात बन्द हुँदा आन्तरिक उडानमा चाप, यात्रु संख्या २२ प्रतिशतले वृद्धि

काठमाडौं। सार्वजनिक यातायात बन्द हुँदा आन्तरिक उडानमा चाप परेको छ। यातायात व्यवसायीहरुले बस नचलाएपछि हवाई यात्रुको संख्या २१.७८ प्रतिशतले वृद्धि भएको छ।

Tata
GBIME

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले दुई दिनयता आन्तरिक उडानमा यात्रुको संख्या बढेको बताए।

‘सामान्यतया यो समय आन्तरिकतर्फ दैनिक १३/१४ हजार यात्रुले आन्तरिक उडान सेवा लिँदै आएकामा मंगलबारदेखि संख्या एक्कासी बढेको छ। सार्वजनिक यातायात ठप्प भएका कारण आन्तरिक उडानमा चाप परेको हुनुपर्छ,’ उनले भने, ‘आन्तरिक टर्मिनल भवनमा सोमबार जस्तै मंगलबार पनि उतिकै घुइँचो छ।’

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानतर्फ सोमबार १६ हजार ८७९ यात्रुले आउजाउ गरेका छन्।

यात्रुको चाप बढेका कारण वायुसेवा प्रदायक कम्पनीहरुले उडान संख्या थपेका छन्। त्रिभुवन विमानस्थलमा १७ गते २३३ र १८ गते २२७ वटा उडान/अवतरण गरेका कम्पनीले १९ गते २८४ वडा उडान/अवतरण गरेको तथ्यांक छ। विमानस्थलका प्रवक्ता शेर्पाका अनुसार मंगलबार पनि उडान संख्या सामान्य अवस्थाको भन्दा धेरै छ।

कुन दिन कति यात्रुले लिए उडान सेवा

मितिउडान/अवतरण संख्यायात्रु संख्या
जेठ १७२३३१३०२९
जेठ १८२२७१३८६०
जेठ १९२८४१६८७९
स्रोत : त्रिभुवन विमानस्थल कार्यालय

बुद्ध एयरले सोमबारदेखि एकाएक यात्रुको संख्या बढेको बताएको छ। बुद्ध एयरका बिक्री तथा बजार निर्देशक रुपेश जोशीले यात्रुको चापका कारण अकुपेन्सी बढेको बताए। ‘हाम्रा सबै उडान फुल अकुपेन्सीमा भइरहेको छ,’ उनले भने।

उनका अनुसार बुद्धले सोमबार करिब ९ हजार यात्रुलाई उडान सेवा दिएको थियो। श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले व्यवसायीहरुले बस नचलाएको असर हवाई सेवामा यात्रुको चाप बढेको बताए।