काठमाडौं। नेष्डो समृद्ध लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको मंगलबार ३ लाख ६३ हजार ३७५ कित्ता बोनस सेयर थपिएको हो।
लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी २९ करोड १३ लाख रुपैयाँ पुगेको छ।