BIZMANDU
www.bizmandu.com

कमल थापासहित सात जना रिहाः कोटेश्वर, बल्खु र सिफलबाहेक अन्यत्र प्रदर्शन निषेध

२०८२ जेठ १८

कमल थापासहित सात जना रिहाः कोटेश्वर, बल्खु र सिफलबाहेक अन्यत्र प्रदर्शन निषेध
कमल थापासहित सात जना रिहाः कोटेश्वर, बल्खु र सिफलबाहेक अन्यत्र प्रदर्शन निषेध


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासहित सात जनालाई प्रहरीले रिहा गरेको छ। पक्राउ परेका राजीव झाबाहेक सात जनालाई जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आइतबार राती रिहा गरिएको हो।

Tata
GBIME

झाले मापदक पदार्थ सेवन गरेकाले नियन्त्रणमा राखिएको हो।

राजावादी समूहको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न आन्दोलनकारीलाई उक्साएको आरोपमा थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। आइतबार दिउँसो थापा पक्राउ परेका थिए। नारायणचैरबाट पक्राउ परेका थापालाई रिहा नगरे सोमबार उपत्यका बन्द गर्ने राजावादी समूहले निर्णय गरेपछि छाड्ने निर्णय भएको थियो।

पक्राउ परेका थापासहित ८ जनालाई प्रहरीले स्वास्थ्य परीक्षण समेत गरेर हिरासतमा राख्ने तयारी गरेको थियो।
थापासँगै राप्रपाका सांसद दिपकबहादुर सिंह पनि पक्राउ परेका थिए।

यस्तै स्थानीय प्रशासनले बल्खु, कोटेश्वर र सिफल क्षेत्रमा बाहेक अन्यत्र प्रदर्शन गर्न निषेध गरेको छ।