BIZMANDU
www.bizmandu.com

कमल थापालाई भेट्न पुगेका राप्रपा सांसद दीपकबहादुर सिंहलाई पनि प्रहरीले लियो नियन्त्रणमा

२०८२ जेठ १८

कमल थापालाई भेट्न पुगेका राप्रपा सांसद दीपकबहादुर सिंहलाई पनि प्रहरीले लियो नियन्त्रणमा
कमल थापालाई भेट्न पुगेका राप्रपा सांसद दीपकबहादुर सिंहलाई पनि प्रहरीले लियो नियन्त्रणमा


काठमाडौं। प्रहरीले हिरासतमा रहेका नेतालाई भेट्न पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहलाई समेत पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सिंहलाई भद्रकालीबाट पक्राउ गरेको हो।

Tata
GBIME

आफ्नो हिरासतमा रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। ‘हाम्रो गेट अगाडि उहाँले अभद्र व्यवहार गर्नुभयो,’ एक प्रहरीले भने, ‘त्यसैले नियन्त्रणमा लिएका हौं।’

राजावादीहरुले आन्दोलनका क्रममा आइतबार निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले थापासहित सात जनालाई प्रक्राउ गरेको थियो।