काठमाडौं। पर्यटन प्रवर्धनमा सक्रिय संस्था स्कल इन्टरनेसनल नेपालको अध्यक्षमा रमेश लुइँटेल निर्वाचित भएका छन्।
काठमाडौंमा सम्पन्न संस्थाको २५औं वार्षिक साधारण सभाले लुइँटेलको नेतृत्वमा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
संस्थाको प्रथम उपाध्यक्षमा विजय अमात्य, द्वितीय उपाध्यक्षमा योगेन्द्र थापा, महासचिवमा सञ्जीव पाठक, कोषाध्यक्षमा रुपेश जोशी तथा सदस्यमा सर्वोत्तम एल श्रेष्ठ, जनपाल थापा, पंकज प्रधानांग, युवराज श्रेष्ठ र शर्मिला केसी काफ्ले चयन भएका छन्।
स्कल नेपालले कार र्याली, फार्म ट्रिप, हेरिटेज टुर लगायत गतिविधि गर्दै आएको छ।
कार्यक्रममा पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यवसायी अम्बिका श्रेष्ठ र वसन्त मिश्रको सम्झना गरिएको थियो।