BIZMANDU
www.bizmandu.com

सरकारी कार्यालयले घर भाडाबापत बुझाउँछन् अढाइ अर्ब, गाडी किन्न १२५ प्रतिशत बढाइयो बजेट

२०८२ जेठ १८

सरकारी कार्यालयले घर भाडाबापत बुझाउँछन् अढाइ अर्ब, गाडी किन्न १२५ प्रतिशत बढाइयो बजेट
सरकारी कार्यालयले घर भाडाबापत बुझाउँछन् अढाइ अर्ब, गाडी किन्न १२५ प्रतिशत बढाइयो बजेट

काठमाडौं। सरकारी कार्यालयमध्ये सबैसँग आफ्नै भवन छैन। कतिपय सरकारी कार्यालय भाडाको घरमा छन्। भाडाबापत वार्षिक कति खर्च हुन्छ त?

Tata
GBIME
Nepal Life

सरकारले आगामी आर्थिक वर्षका लागि घर भाडा शीर्षकमा २ अर्ब ५७ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यो रकम चालु आर्थिक वर्षको भन्दा करिब २१ करोड रुपैयाँ बढी हो।

चालु वर्षका लागि घर भाडामा २ अर्ब ३८ करोड ६३ लाख रुपैयाँ छुट्याइएको थियो।

अर्थमन्त्री विष्णु पौडेलले सवारीसाधन खरिद र सवारीसाधन तथा मेसिनरी औजार भाडा शीर्षकमा पनि बजेट थपेका छन्। उनले सवारीसाधन खरिदका लागि २ अर्ब ५६ करोड ६८ लाख रुपैयाँ छुट्याएका छन्। यो रकम चालु वर्षको भन्दा झण्डै डेढ अर्ब बढी हो। चालु वर्ष यो शीर्षकमा १ अर्ब १३ करोड ८३ लाख रुपैयाँ बजेट छुट्याइएको थियो।

यस्तै सवारीसाधन तथा मेसिनरी औजार भाडामा १३ करोड ९५ लाख रुपैयाँ बजेट राखिएको छ। यो रकम पनि चालु वर्षको भन्दा धेरै हो। चालु वर्ष यो शीर्षकमा १० करोड ३८ लाख रुपैयाँ छुट्याइएको थियो।