BIZMANDU
www.bizmandu.com

कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय पक्राउ, भारतबाट काठमाडौं ल्याएर नेपालगञ्ज लगियो

२०८२ जेठ १८

कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय पक्राउ, भारतबाट काठमाडौं ल्याएर नेपालगञ्ज लगियो
कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय पक्राउ, भारतबाट काठमाडौं ल्याएर नेपालगञ्ज लगियो


काठमाडौं। कर्णाली विकास बैंकका सञ्चालक राजेन्द्रवीर राय पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार भारतबाट पक्राउ गरेर ल्याएको हो।

Tata
GBIME

उनी लामो समयदेखि भारतमा लुकेर बसेका थिए। राय कर्णाली विकास बैंकका पूर्व अध्यक्षसमेत हुन्। प्रहरीले उनलाई रुपन्देहीको बेलहिया नाकाबाट पक्राउ गरेको दाबी गरेको छ।

शुक्रबार पक्राउ गरेर काठमाडौंको सीआइबी कार्यालयमा ल्याइएका उनलाई आइतबार बिहान नेपालगञ्ज लगिएको छ। प्रहरीले उनीविरुद्ध नेपालगञ्जबाट नै मुद्दा चलाउँदै छ।

कर्णाली विकास बैंकको रकम अपचलन प्रकरणमा २ अर्ब ५९ करोडको उजुरी परेको छ। त्यस्तै बैंकमा बचतकर्ताका ४ अर्ब ९० करोड रुपैयाँ निक्षेप गडबड भएको देखिएको छ।

राय एमाले नेता पनि हुन्। उनी प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका थिए।