BIZMANDU
www.bizmandu.com

इन्टर मिलानमाथि प्रभावशाली जित निकाल्दै पीएसजीले पहिलो पटक जित्यो च्याम्पियन्स लिगको उपाधि

२०८२ जेठ १८

इन्टर मिलानमाथि प्रभावशाली जित निकाल्दै पीएसजीले पहिलो पटक जित्यो च्याम्पियन्स लिगको उपाधि
इन्टर मिलानमाथि प्रभावशाली जित निकाल्दै पीएसजीले पहिलो पटक जित्यो च्याम्पियन्स लिगको उपाधि


फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ। जर्मनीको म्युनिखस्थित एलिनाज एरेनामा ६४ हजार बढी दर्शकबीच गएराति सम्पन्न फाइनल खेलमा इटलीको क्लब इन्टर मिलानलाई ५-० गोलअन्तरले हराउँदै पीएसजी युरोपियन च्याम्पियन बनेको हो।

Tata
GBIME

खेलको १२ औँ मिनेटमै अचरफ हकिमीको गोलमा अग्रता बनाएको पीएसजीको दोस्रो गोल २० औँ मिनेटमा डेजिर डुइले गोल थप्दा पहिलो हाफमै दुई गोलको अग्रता बनायो। खेलको ६३ औँ मिनेटमा डुइले नै फेरि गोल थप्दै पेरिसलाई बलियो स्थितिमा पुर्‍याए। त्यस्तै, ७३ औँ मिनेटमा ख्विचा क्वारात्सखेलिया र ८६ औँ मिनेटमा सेन्नी मोयोलुले गोल गर्दा पीएसजीले ५-० गोलको एकतर्फी जित निकाल्न सफल भयो।

कतारी लगानीकर्ताले क्लब लिएयता च्याम्पियन्स लिगलाई लक्षित गरेर पीएसजीले विश्वका स्टार खेलाडीहरु अनुबन्धन गरेको थियो। लियोनल मेस्सी, नेइमार र एम्बाप्पेजस्ता खेलाडी एकसाथ हुँदा पनि पेरिसले च्याम्पियन्स लिग जित्न सकेको थिएन। मेस्सी र नेइमारपछि एम्बाप्पे पनि अघिल्लो सिजन क्लबबाट बाहिरिएका थिए।