BIZMANDU
www.bizmandu.com

ट्रक दुर्घटनामा पर्दा २५ करोड मौरी भागे, पश्चिम अमेरिकीलाई सावधानी अपनाउन चेतावनी

२०८२ जेठ १७

ट्रक दुर्घटनामा पर्दा २५ करोड मौरी भागे, पश्चिम अमेरिकीलाई सावधानी अपनाउन चेतावनी
ट्रक दुर्घटनामा पर्दा २५ करोड मौरी भागे, पश्चिम अमेरिकीलाई सावधानी अपनाउन चेतावनी


लस एन्जलस। २५ करोड मौरी ट्रकबाट भागेपछि पश्चिमी अमेरिकामा प्रहरीले मानिसहरूलाई मौरीको झुण्डबाट जोगिन आग्रह गरेको छ।

Tata
GBIME

अमेरिकाको सुदूर उत्तरपश्चिममा रहेको वासिङ्टन राज्यमा मौरी बोकेको एउटा ‘सेमी ट्रेलर ट्रक’ दुर्घटना भएको हो। ट्रक मौरी छाड्न जाँदै थियो। दुर्घटना भएपछि प्रहरीले स्थानीयलाई सावधानी अपनाउन भनेको हो।

ह्वाटकम काउन्टी शेरिफले आफ्नो सामाजिक सञ्जाल पेजमा लेखेको छ- २५ करोड मौरीहरू एक साथ भागेका छन्। मौरी भाग्ने क्रममा बीचमा आउने अवरोधले आक्रामक हुने र एकै ठाउमा झुम्मिने र टोक्ने सम्भावनाको कारण यस क्षेत्रमा सावधानी अपनाउनुहोला।

क्यानाडासँग सीमा जोडिएको र भ्यानकुभरबाट ३० माइलको दूरीमा रहेको यस क्षेत्रका मौरी विशेषज्ञहरूले सफाइका लागि काम गरिरहँदा सडकहरू बन्द गरिएको छ।

पश्चिमी अमेरिकामा कतिपय मौरीपालकहरूले मह उत्पादन गर्ने मात्र लक्ष्य राख्छन् भने कतिपयले आफ्नो बालीमा पराग सेचन प्रक्रियाका लागि कीराको आवश्यकता पर्ने किसानहरूलाई आफ्नो घार भाडामा दिई मनग्य आम्दानी गर्छन्। -एएफपी/रासस