BIZMANDU
www.bizmandu.com

बंगलादेशले ड्युटी फ्री सम्झौता अन्तर्गत आँपको पहिलो खेप चीन पठायो, द्विपक्षीय व्यापार बढ्ने

२०८२ जेठ १७

बंगलादेशले ड्युटी फ्री सम्झौता अन्तर्गत आँपको पहिलो खेप चीन पठायो, द्विपक्षीय व्यापार बढ्ने
(250529) -- DHAKA, May 29, 2025 (Xinhua) -- Chinese Ambassador to Bangladesh Yao Wen (front, R) and Bangladeshi Commerce Adviser Sheikh Bashir Uddin (front, C) attend an event marking the export of the first consignment of Bangladeshi fresh mangoes to China in Dhaka, Bangladesh on May 28, 2025. TO GO WITH "Bangladesh begins exporting mangoes to China" (Photo by Habibur Rahman/Xinhua)


बंगलादेशले हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट ताजा आँपको पहिलो खेप चीन पठाएको छ। चीनले भन्सार सुविधा दिएपछि द्विपक्षीय व्यापार र कृषि निर्यातमा बंगलादेशका लागि महत्त्वपूर्ण कोसे ढुंगा भएको ढाका ट्रिब्युनले जनाएको छ।

Tata
GBIME

गत बुधबार आयोजित कार्यक्रममा चिनियाँ राजदूत याओ वेन र वाणिज्य सल्लाहकार बशीर उद्दिन उपस्थित थिए, जसले निर्यातको प्रतीकात्मक र रणनीतिक मूल्यलाई जोड दिए।

चिनियाँ राजदूतले सम्बन्ध विस्तारलाई बंगलादेश सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मुहम्मद युनुसको हालैको बेइजिङ भ्रमणको नतिजासँग जोडे र अन्य बंगलादेशी उत्पादनहरूमा पहुँच विस्तार गर्ने बारेमा जारी छलफलको क्रम भएको उल्लेख गरे।

अर्कोतर्फ, वाणिज्य सल्लाहकारले करमुक्त सर्तहरू अन्तर्गत व्यापार घाटा कम गर्ने सम्झौताको सम्भावनालाई उल्लेख गरे र विश्वव्यापी बजारमा विस्तार हुने आशा व्यक्त गरे।

कार्यक्रममा चिनियाँ राजदूत याओ वेनले आँपको निर्यात व्यापार सम्झौता मात्र नभएर ‘पारस्परिक लाभदायक, वीन वीन सहयोग’ को प्रतीक भएकोमा जोड दिए।

‘गंगा डेल्टाको उर्वर माटोमा उब्जाइएको बंगलादेशी आँपले अब चिनियाँ उपभोक्ताहरूका लागि विविधता र गुणस्तर ल्याउनेछ,’ राजदूत याओले भने।

उनले चीनले अम्बा र कटहरको बजार पहुँचको समीक्षा गरिरहेको र काँचो छाला र हिल्सा (माछा) निर्यातको बारेमा थप छलफल भइरहेको पनि खुलासा गरे।

कार्यक्रममा बोल्दै, वाणिज्य सल्लाहकार बशीर उद्दिनले बंगलादेशको व्यापार सन्तुलनमा सम्झौताको रणनीतिक प्रभावमाथि पनि प्रकाश पारे। ‘व्यापार घाटा कम गर्न चीनले यो १०० प्रतिशत भन्सारमुक्त लाभ अन्तर्गत निर्यात गरिरहेको छ,’ उनले सम्झौता सम्भव बनाएकोमा प्रमुख सल्लाहकार प्रोफेसर युनुसको नेतृत्वलाई श्रेय दिँदै भने।

बंगलादेशले वार्षिक २.४ मिलियन मेट्रिक टन आँप उत्पादन गर्छ, तैपनि निर्यात सामान्य नै रहेको उनले उल्लेख गरे। ‘हामी आशा गर्छौं कि हाम्रो आँप निर्यात गत वर्षको तुलनामा यस वर्ष १० गुणा बढ्नेछ – यदि त्यो कुल उत्पादनको एक प्रतिशत मात्र हो भने, यो सही दिशामा एक कदम हो,’ उनले भने।

चीनभन्दा बाहिर, बशीर उद्दिनले अन्य उच्च-मूल्य बजारहरूमा पनि हिस्सेदारी बढ्नेमा आशा व्यक्त गरे। ‘हामी चीनमा मात्र नभई जापान, अमेरिका र युरोपेली संघमा पनि बजार हिस्सेदारी बढाउन गर्न सक्षम हुनेछौं,’ उनले भने।

उनले दुई राष्ट्रबीच कृषि-औद्योगिक क्षेत्रमा सहकार्य वृद्धि भएको संकेत गर्दै कच्चा छालाको भन्सारमुक्त निर्यातलाई सहज बनाउन चिनियाँले सहयोगगरेको पनि पुष्टि गरे। वाणिज्य सल्लाहकारले एउटा चिनियाँ उखानलाई उल्लेख गर्दै भने- ‘हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ, र आज त्यो पहिलो पाइला हो।’

राजदूत याओले पारस्परिक आर्थिक सहयोग बढाउन चिनियाँ वाणिज्य मन्त्री वाङ वेन्ताओले चिनियाँ व्यापारिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बंगलादेशको भ्रमण गर्ने घोषणा गरे। उनका अनुसार भर्मण दलमा सय वटाभन्दा बढी कम्पनीको प्रतिनिधित्व भएको भ्रमण ऐतिहासिक हुने उनले बताए।