BIZMANDU
www.bizmandu.com

नेपालमा १५ दिन अगावै मनसुन प्रवेश, सरदरभन्दा बढी वर्षा हुने मौसम विभागको प्रक्षेपण

२०८२ जेठ १६

नेपालमा १५ दिन अगावै मनसुन प्रवेश, सरदरभन्दा बढी वर्षा हुने मौसम विभागको प्रक्षेपण
नेपालमा १५ दिन अगावै मनसुन प्रवेश, सरदरभन्दा बढी वर्षा हुने मौसम विभागको प्रक्षेपण


काठमाडौं। नेपालमा यसपालि १५ दिन छिटो मनसुन प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले यसवर्ष बिहीबार राति नेपालको पूर्वबाट मनसुन प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाएको छ।

Tata
GBIME

विभागमा महानिर्देशक कमलराम जोशीले नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यसपालि मे २९ मा नै भित्रिएको जनाकारी दिए।

‘नेपालका अन्य भू–भागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्ने देखिन्छ। हाल देशको बॉकी भू–भागमा भने पश्चिमी र स्थानीय वायुको प्रभाव यथावत् देखिन्छ,’ उनले भने।

विभागले यसपालिको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। विभागले शुक्रबार सार्वजनिक गरेको आगामी मनसुनको हावा पानी आकलन अनुसार जेठ १८ देखि असोज १४ सम्म देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण छ।

‘देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ,’ विभागले शुक्रबार सूचना जारी गर्दै भनेको छ।