BIZMANDU
www.bizmandu.com

निफ्राले ५ अर्ब रुपैयाँको ग्रीन बण्ड आइतबारदेखि निष्कासन गर्दै, ब्याजदर ६ प्रतिशत

२०८२ जेठ १६

निफ्राले ५ अर्ब रुपैयाँको ग्रीन बण्ड आइतबारदेखि निष्कासन गर्दै, ब्याजदर ६ प्रतिशत
निफ्राले ५ अर्ब रुपैयाँको ग्रीन बण्ड आइतबारदेखि निष्कासन गर्दै, ब्याजदर ६ प्रतिशत

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले ग्रीन बण्ड आइतबारदेखि जारी गर्ने भएको छ। बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको बण्ड निष्कासन गर्न लागेको हो।

Tata
GBIME

निफ्राले अंकित मूल्य १००० रुपैयाँका दरले ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट यसअघि अनुमति पाइसकेको छ।

सामूहिक लगानी कोषसहित सर्वसाधारणलाई २ अर्ब रुपैयाँको ऋण पत्र सार्वजनिक निष्कासनबाट बिक्री गर्ने बिक्री प्रबन्धकले जनाएको छ।

३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने छ। लगानीकर्ताका लागि छिटोमा जेठ २१ र ढिलोमा असार १ गतेसम्म ऋणपत्रमा आवेदन खुला रहनेछ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल छ।