BIZMANDU
www.bizmandu.com

मागभन्दा उत्पादन बढी हुँदा जिउँदो कुखुराको भाउ घट्यो, उपभोक्ता मूल्य प्रति केजी ३५० रुपैयाँ

२०८२ जेठ १६

मागभन्दा उत्पादन बढी हुँदा जिउँदो कुखुराको भाउ घट्यो, उपभोक्ता मूल्य प्रति केजी ३५० रुपैयाँ
मागभन्दा उत्पादन बढी हुँदा जिउँदो कुखुराको भाउ घट्यो, उपभोक्ता मूल्य प्रति केजी ३५० रुपैयाँ


काठमाडौं। मागको तुलनामा उत्पादन बढी हुँदा कुखुराको मासुको मूल्य लगातार घटिरहेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले आजदेखि बजारमा लागू हुनेगरी नयाँ मूल्य तोकेको छ।

Tata
GBIME

संघका अनुसार जिउँदो कुखुराको भाउ घटेर प्रति केजी २५० रुपैयाँ कायम भएको छ। यसअघि उक्त मूल्य प्रति केजी २६० रुपैयाँ थियो।

त्यस्तै, जिउँदो कुखुराको भाउ घटेसँगै तयारी मासुको भाउ पनि ओरालो लागिरहेको छ। उपभोक्ता मूल्य पनि घटेर प्रति केजी ३५० रुपैयाँमा झरेको छ। पहिलेको तुलनामा तयारी मासुको भाउ केजीमा १५ रुपैयाँ घटेको हो।

गर्मीका कारण बजारमा मागभन्दा उत्पादन बढी हुँदा भाउ घट्न थालेको व्यवसायीले बताएका छन्। हाल देशभर मासुको खपत कम भएको छ। दैनिक ५ लाख केजी कुखुराको माग रहेको संघले जनाएको छ।