BIZMANDU
www.bizmandu.com

बजेट कार्यान्वयमा ध्यान दिने अर्थमन्त्रीको भनाइ, ‘निजी क्षेत्रको मनोबल बढ्नेछ, रोजगारी बढ्नेछ’

२०८२ जेठ १६

बजेट कार्यान्वयमा ध्यान दिने अर्थमन्त्रीको भनाइ, ‘निजी क्षेत्रको मनोबल बढ्नेछ, रोजगारी बढ्नेछ’
बजेट कार्यान्वयमा ध्यान दिने अर्थमन्त्रीको भनाइ, ‘निजी क्षेत्रको मनोबल बढ्नेछ, रोजगारी बढ्नेछ’

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आफ्नो ध्यान अब बजेट कार्यान्वयनमा रहेको बताएका छन्। हिजो आर्थिक वर्ष २०८२/८३ को बजेट वाचन गरेपछि आज अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दे उनले आफूले बजेट कार्यान्वयनका लागि कार्यतालिका बनाइसकेको बताए।

Tata
GBIME
Nepal Life

‘आजैदेखि बजेट कार्यान्वयनमा मेरो‌ ध्यान छ। यसबाट नतिजा प्राप्त हुन्छ भन्ने मेरो विश्वास छ। कार्यन्वयनका‌ लागि कार्यतालिका बनाउन सुरु भइसकेको छ,’ उनले भने।

पौडेलले बजेट आम्दनी र खर्च दुवै हिसाबले यथार्थपरक रहेको भन्दै सकभर आन्तरिक रकम उठाउने भनेर सीमाभन्दा कम लिने तय गरेका बताए।

‘प्रतिफलका‌ हिसाबले उपयुक्त आयोजनामा‌ निजी लगानी आकर्षित गर्नका लागि वैकल्पिक वित्तको‌ अवधारणा ल्याइएको छ। ३ करोडभन्दा साना आयोजना कार्यान्वयन नगर्न त्यति सजिलो थिएन। र पनि सफल भयौं,’ उनले बजेटबारे भने।

पौडेलले वनको जग्गा उपयोग गरेर आयोजना कार्यान्वयन गर्न सहज भएको पनि बताएका छन्। आजैदेखि आयोजना कार्यान्वयन र खरिद प्रक्रिया सुरू भएको उनको जिकिर छ।

विदेशी लगानीका‌ लागि‌ नीतिगत पहल‌ लिएका पनि पौडेलले बताए। अग्रिम कर गलत भन्ने बुझेर हटाइएको उनको धारणा थियो।

‘बजेट कार्यान्वयनपछि निजी क्षेत्रको मनोबल बढ्नेछ। रोजगारी बढ्नेछ,’ उनले भने।