BIZMANDU
www.bizmandu.com

खोलाले बगाएको डाइभर्सन मर्मतपछि हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ संचालनमा

२०८२ जेठ १६

खोलाले बगाएको डाइभर्सन मर्मतपछि हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ संचालनमा
खोलाले बगाएको डाइभर्सन मर्मतपछि हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ संचालनमा


काठमाडौं । हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ सडक संचालनमा आएको छ। मकवानपुरको भिमफेदी गाउँपालिका-८ स्थित बागमती खोलामा वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि सो सडक अवरुद्ध भएको थियो।

Tata
GBIME

हाल उक्त स्थानमा पुनः डाइभर्सन मर्मत गरिएपछि आज बिहानदेखि सवारीसाधन संचालनमा आएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

गत असोज १० देखि १२ गतेको वर्षाका कारण बागमती खोलामा आएको बाढीले उक्त सडक खण्डमा पर्ने बगुवा पुलको बेलिब्रिज पहुँचमार्ग बगाएपछि डाइभर्सन बनाएर सवारीसाधन संचालन हुँदै आएको छ।

यस्तै, बिहीबार बिहान उक्त सडकअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ भर्‍याङडाडाँमा माथिबाट खसेको ढुंगासहितको सुख्खा पहिरो खसेकामा पहिरो हटाइएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। रासस