BIZMANDU
www.bizmandu.com

पञ्जावमाथि ८ विकेटको सहज जित निकाल्दै बेङ्ग्लुरु आईपीएलको फाइनलमा

२०८२ जेठ १५

पञ्जावमाथि ८ विकेटको सहज जित निकाल्दै बेङ्ग्लुरु आईपीएलको फाइनलमा
पञ्जावमाथि ८ विकेटको सहज जित निकाल्दै बेङ्ग्लुरु आईपीएलको फाइनलमा


काठमाडौं। रोयल च्यालेन्जर्स बेङ्ग्लुरु इण्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा पुगेको छ। बिहीबार सम्पन्न क्वालिफायर अन्तर्गतको खेलमा पञ्जाव किंग्सलाई ८ विकेटले हराउँदै बेङ्ग्लुरु फाइनलमा पुगेको हो।

Tata
GBIME

पञ्जावको मुल्लानपुरस्थित महाराजा यादवेन्द्र सिंह स्टेडियममा बेङ्ग्लुरुले टस जितेर पहिला फिल्डिङ रोजेको थियो।

सुरुवाती ब्याटिङमा उत्रिएको पञ्जावले फितलो ब्याटिङ गर्दै १४.१ ओभरमा १०१ रन बनाएर अलआउट भयो। पञ्जावका लागि मार्कस स्टोइनिसले सर्वाधिक २६ रन बनाउँदा प्रभसिमरन सिंह र अजमतुल्ला ओमरजाइले समान १८ रन बनाए। त्यसबाहेकका ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।

पञ्जावको ब्याटिङ धराशायी बनाउन बेङ्ग्लुरुका जोस हेजलवुड र सुयस शर्माले समान ३ विकेट लिँदा रोमारियो शेपार्ड र भुवनेश्वर कुमारले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लुरुले १० ओभर बाँकी छँदै २ विकेट गुमाएर लक्ष्य भेट्टायो। बेङ्ग्लुरुका लागि फिल साल्टले अविजित ५६ रन बनाउँदा मयंक अग्रवालले १९, रजत पतिदारले अविजित १५ तथा विराट कोहलीले १२ रन बनाए। पञ्जावका केल जेमिनसन र मुसिर खानले समान १ विकेट लिए।

जितसँगै बेङ्ग्लुरुले फाइनलमा स्थान बनाएको छ। पञ्जावलाई दोस्रो क्वालिफायरको बाटोबाट फाइनल पुग्ने अवसर अझै छ। शुक्रबार  इलिमिनेटरको खेलमा गुजरात टाइटन्स र मुम्बई इण्डियन्स भिड्नेछन्। यो खेलमा जित्ने टोलीले दोस्रो क्वालिफायरमा पञ्जावसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायरको विजेता टोलीले उपाधिका लागि बेङग्लुरुसँग फाइनल खेल्नेछ।