BIZMANDU
www.bizmandu.com

सरकारले बढायो सिमेन्टको अन्तःशुल्क, प्रति बोरा कति मूल्य बढ्छ ?

२०८२ जेठ १५

सरकारले बढायो सिमेन्टको अन्तःशुल्क, प्रति बोरा कति मूल्य बढ्छ ?
सरकारले बढायो सिमेन्टको अन्तःशुल्क, प्रति बोरा कति मूल्य बढ्छ ?


काठमाडौं । सरकारले सिमेन्टको अन्तःशुल्कमा वृद्धि गरेको छ। उद्योगीले कार्टेलिङ गरेर सिमेन्टको मूल्यवृद्धि गरिरहेका बेला सरकारले पनि अन्तःशुल्क वृद्धि गरेर सिमेन्टलाई थप महँगो बनाएको हो।

Tata
GBIME

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक विधेयक २०८२ मार्फत् सिमेन्टको साबिकको अन्तःशुल्क प्रति बोरा ११ रुपैयाँलाई ५ प्रतिशत बनाएका छन्। यसको असर प्रति बोरा ३२ रुपैयाँभन्दा बढी हुनेछ।

नेपाल अल्ट्राटेक सिमेन्टका सञ्चालक मनीष मारुले सरकारको अन्तःशुल्क वृद्धिपछि सिमेन्टको मूल्य न्यूनतम बोराको २५ रुपैयाँले वृद्धि हुने बताए।

मारुले अन्तःशुल्क ५ प्रतिशत हुँदा यसको रकम ३२ रुपैयाँभन्दा बढी हुने उल्लेख गरे।

उद्योगी मारुले अन्तःशुल्क वृद्धिसँगै भ्याट पनि वृृद्धि हुने हुँदा यसको असर कम्तीमा २५ रुपैयाँ पर्ने दाबी पनि गरेका छन्।