BIZMANDU
www.bizmandu.com

बजेटबारे स्वर्णिम वाग्ले : घाँटी हेरी हाड निल्ने खालको भएन, राजस्व त्यति पत्यारिलो छैन

२०८२ जेठ १५

बजेटबारे स्वर्णिम वाग्ले : घाँटी हेरी हाड निल्ने खालको भएन, राजस्व त्यति पत्यारिलो छैन
बजेटबारे स्वर्णिम वाग्ले : घाँटी हेरी हाड निल्ने खालको भएन, राजस्व त्यति पत्यारिलो छैन

काठमाडौं। रास्वपा सांसद् एवम् योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेले सरकारले ल्याएको बजेटका आधार विश्वसनीय नभएको बताएका छन्। अर्थमन्त्री विष्णु पौडेलद्वारा बिहीबार संसद्को संयुक्त सदनमा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को बजेट घाँटी हेरी हाड निल्ने खालको नभएको उनले बताए।

Tata
GBIME
Nepal Life

‘राजस्व पनि त्यति पत्यारिलो छैन। यसको विश्वसनीय आधार देखिँदैन,’ उनले भने, ‘यसपालि पनि ५३ अर्ब भन्नु भएको छ, उठेको छ १६ अर्ब। ६ सय अर्ब ऋण छ। यो फुक्काफाल गरेर ल्याइएको बजेट हो।’

केही योजनामा भने घोषणाअनुसार सरकारले खर्च गर्न सके राम्रो हुने उनले बताए।

‘उन्नत प्रतिफल दिने आयोजनामा खर्च गरे राम्रो छ। तर, कार्यकर्ता पोसे राम्रो हुन्न,’ उनले भने, ‘अंक पछाडि हामी शंकाको सुविधा दिन्छौं। यो सरकार बोल्ने एउटा, गर्ने अर्को खालको छ। फुक्दिने कुरा न हो भन्ने उहाँको छ।’

आयोजनाहरूको व्यवस्थापनलाई भने आफूहरूको समर्थन रहने उनले बताए।

‘आयोजना व्यवस्थापनलाई समर्थन गर्न चाहन्छौं। ८४ मा उल्लेख्य संख्यामा हामी आए अर्थतन्त्रको आकार बढाउनेमा ध्यान हुन्छ,’ उनले भने, ‘हामी कृषिमा त्यति उत्साहित छैनौं। निजी क्षेत्र आए गर्छौँ भन्ने झारा टार्ने खालको छ। खानीका बारेमा सकारात्मक छ।’

सरकारले घोषणा गरेअनुसार काम नगरे खबरदारी गरिने उनले बताए।

‘मुलुकको हितमा लिएको सकारात्मक कदमलाई स्वागत गर्छौ। बाँकीमा खबरदारी गर्छौ,’ उनले भने, ‘आय र व्यय कतिको विश्वसनीय छ? दुई तिहाईको सरकारले आँट नदेखाएको हो कि जस्तो देखियो।’