BIZMANDU
www.bizmandu.com

बजेटप्रति निजी क्षेत्र सकारात्मक, चन्द्र ढकालले भने : अधिकांश सुझाव समेटिएको छ

२०८२ जेठ १५

बजेटप्रति निजी क्षेत्र सकारात्मक, चन्द्र ढकालले भने : अधिकांश सुझाव समेटिएको छ
बजेटप्रति निजी क्षेत्र सकारात्मक, चन्द्र ढकालले भने : अधिकांश सुझाव समेटिएको छ

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आगामी आर्थिक वर्षको बजेटमा आफूहरूको अधिकांश सुझाव समेटिएको बताएका छन्।

Tata
GBIME
Nepal Life

अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै उनले बजेट निजी क्षेत्रका लागि सकारात्मक रहेको बताएका हुन्।

‘हाम्रा अधिकांश सुझाव समेटिएका छन्। सेजको भाडाका विषय समेटिएको छ। कन्फ्रेन्स हल बनाउने कुरा छ,’ उनले भने।

ढकालले बजेटमा धेरै कुरा राम्रा आए पनि कार्यान्वयनमा भने प्रश्न गरेका छन्।

‘बजेट राम्रो छ। तर, यसको कसरी कार्यान्वयन हुन्छ भन्नेमा भर पर्छ,’ उनले भने।

अर्थमन्त्री पौडेलले पनि आफूले ल्याएको बजेटले निजी क्षेत्रको मनोबल बढ्ने बताएका छन्।