BIZMANDU
www.bizmandu.com

बजेटपछि अर्थमन्त्रीको प्रतिक्रिया : चुनौती पन्छाउँदै ल्याएको हो, निजी क्षेत्रको मनोबल बढ्छ

२०८२ जेठ १५

बजेटपछि अर्थमन्त्रीको प्रतिक्रिया : चुनौती पन्छाउँदै ल्याएको हो, निजी क्षेत्रको मनोबल बढ्छ
बजेटपछि अर्थमन्त्रीको प्रतिक्रिया : चुनौती पन्छाउँदै ल्याएको हो, निजी क्षेत्रको मनोबल बढ्छ

काठमाडौं। उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बजेटले सुशासनमा जोड दिएको बताएका छन्।

Tata
GBIME
Nepal Life

संसद्को संयुक्त सदनमा बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेपश्चात प्रतिक्रिया दिँदै उनले चुनौती पन्छाउँदै कार्यान्वयन गर्ने गरी बजेट ल्याएको बताएका हुन्।

उनले बजेटले निजी क्षेत्रको मनोबल बढ्ने भन्दै अनावश्यक स्रोतको अनुमान नगरिएको समेत बताए।

‘यो वास्तविक छ। बजेट अनुशासनको सीमा भित्रै छ,’ उनले भने।