BIZMANDU
www.bizmandu.com

प्रकाशशरण महतले खाद्यान्न आयातमा लगाएको अग्रिम आयकर विष्णु पौडेलले गरे खारेज

२०८२ जेठ १५

प्रकाशशरण महतले खाद्यान्न आयातमा लगाएको अग्रिम आयकर विष्णु पौडेलले गरे खारेज
प्रकाशशरण महतले खाद्यान्न आयातमा लगाएको अग्रिम आयकर विष्णु पौडेलले गरे खारेज


काठमाडौं। खाद्यान्न र फलफूलमा तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले लगाएको अग्रिम आयकर अर्थमन्त्री विष्णु पौडेलले खारेज गरेका छन्।

Tata
GBIME

महतले दुई वर्ष अगाडि लगाएको करलाई यसअघिका अर्थमन्त्री वर्षमान पुनले निरन्तरता दिएकामा पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा खारेज गरेको घोषणा गरेका हुन्।

‘खाद्यान्न गेडागुडी फलफूल लगायत वनस्पतिजन्य, पशुजन्य तथा दुग्धजन्य पदार्थमा भन्सार विन्दुमा लाग्दै आएको अग्रिम आयकर खारेज गरेको छु,’ पौडेलले भने।

ती वस्तुमा १.५ प्रतिशत देखि १० प्रतिशतसम्म अग्रिम आयकर लगाइएको थियो।