BIZMANDU
www.bizmandu.com

बालाजु बाइसधाराको स्विमिङ पुल एक दशक पछि खुल्दै, जेठ १८ गतेदेखि खुला, शुल्क कति?

२०८२ जेठ १५

बालाजु बाइसधाराको स्विमिङ पुल एक दशक पछि खुल्दै, जेठ १८ गतेदेखि खुला, शुल्क कति?
बालाजु बाइसधाराको स्विमिङ पुल एक दशक पछि खुल्दै, जेठ १८ गतेदेखि खुला, शुल्क कति?


काठमाडौं। बालाजुस्थित बाइसधारा उद्यानमा रहेको स्विमिङ पुल संचालनमा आउने भएको छ।

Vigo
GBIME
Tata

२०७२ सालमा गएको भूकम्पका कारण स्विमिङ पुलमा असर परेको थियो। त्यसयता सर्वसाधारणका लागि पुल बन्द थियो।

स्विमिङ पुल पुन:निर्माणका लागि निकै लामो समय लाग्दा उद्यानको आय पनि घटेको थियो।

स्विमिङ पुलमा १८ लाख लिटर पानी अट्ने क्षमता छ । ५० मिटर लम्बाइ र १८ मिटर चौडाइ भएको स्विमिङ पुलको गहिराइ ३ फिटदेखि १० फिटसम्म छ।

पोखरीमा प्रयोग हुने पानीको शुद्धिकरणका लागि पानी शुद्धीकरण प्लान्ट स्थापना गरिएको छ। पानीको पिएच भ्यालु र क्लोरिन भ्यालुको सन्तुलन गर्न स्वचालित डिजिटल प्रणाली जडान गरिएको छ। १५० जना क्षमताको दर्शक बस्ने ठाउँ पनि बनाइएको छ। साथै, व्यवस्थित शौचालय र स्नान घर पनि निर्माण गरिएको छ। पौडी खेल्न आउनेहरुका लागि लकरहरुको व्यवस्था पनि गरिएको छ।

स्विमिङको शुल्क २०० रुपैयाँ राखिएको छ। मासिक सदस्यता लिएर सेवा लिनेका लागि ४ हजार रुपैयाँ तोकिएको छ। सिजनल सदस्यहरुका लागि १२ हजार रुपैयाँ तोकिएको छ।

विद्यार्थीहरुलाई छुट प्रदान गरेर १५० रुपैयाँ तोकिएको छ। २० जनाभन्दा धेरै विद्यार्थीको समूहका लागि प्रतिव्यक्ति १३० रुपैयाँ लाग्नेछ। लकर सुविधा लिएवापत ५० रुपैयाँ लाग्ने जनाइएको छ।