BIZMANDU
www.bizmandu.com

आर्थिक वर्ष २०८२/८३ को बजेट : नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरिने

२०८२ जेठ १५

आर्थिक वर्ष २०८२/८३ को बजेट : नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरिने
आर्थिक वर्ष २०८२/८३ को बजेट : नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरिने

काठमाडौं। सरकारले नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सरकारको बहुमत सेयर कायम रहने गरी नेपाल दूरसञ्चार कम्पनीको ३० प्रतिशत सेयर आम नागरिकमा विनिवेश गरिने बताएका हुन्।

‘नेपाल सरकारको बहुमत सेयर कायम रहने गरी नेपाल दूरसञ्चार कम्पनीको ३० प्रतिशत सेयर आम नागरिकमा विनिवेश गरिनेछ,’ उनले भने।

कम्पनीको संस्थागत सबलीकरणका लागि रणनीतिक साझेदारीको नीति लिइने उनले बताए। नेपाल टेलिकमको अहिले १७ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी छ।

कम्पनीको कुल सेयरमध्ये ८.४७ प्रतिशत सेयर सर्वसाधारणको छ।