BIZMANDU
www.bizmandu.com

फुटबल, क्रिकेट र रंगशाला पूर्वाधार बनाउन चाहिने सामानमा भन्सार १ प्रतिशतमात्र, अन्य खारेज

२०८२ जेठ १५

फुटबल, क्रिकेट र रंगशाला पूर्वाधार बनाउन चाहिने सामानमा भन्सार १ प्रतिशतमात्र, अन्य खारेज
फुटबल, क्रिकेट र रंगशाला पूर्वाधार बनाउन चाहिने सामानमा भन्सार १ प्रतिशतमात्र, अन्य खारेज

काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को बजेटमा खेलकुद क्षेत्रमा झण्डै दोब्बरले बजेट वृद्धि भएको छ। सरकारले खासगरी क्रिकेट रंगशाला निर्माणका लागि बजेटमा उल्लेख्य रकम विनियोजनको घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

योसँगै खेल पूर्वाधार निर्माण गर्दा करमा पनि राहत मिल्ने भएको छ। ‘फुटबल, क्रिकेट तथा बहुद्देश्यीय रंगशालाको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने यन्त्र, उपकरण, तथा खेल सामग्रीको पैठारीमा १ प्रतिशत भन्सार महसुल लगाइ अन्य कर तथा महसुल खारेज गरिएको छ,’ अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्को संयुक्त सदनमा आगामी आवको बजेट सार्वजनिक गर्दै भने।

सरकारले आगामी आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड रुपैयाँ बजेट छुट्याएको छ।

‘खेल पूर्वाधारको निर्माण र खेलाडीको व्यावसायिक विकासका लागि लगानी बढाउँदै लगिनेछ,’ बजेटमा भनिएको छ, ‘खेल प्रतियोगिता प्रवर्धन गर्न निजी क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न आकर्षित गर्नेछ। त्यस्ता खेल पूर्वाधारका लागि सडक खानेपानी र बिजुलीको पहुँच सुनिश्चित गरिनेछ।’