BIZMANDU
www.bizmandu.com

लोकल करेन्सी लिंक्ड बण्ड जारी गरेर अन्तर्राष्ट्रिय बजारबाट पुँजी भित्र्याइने

२०८२ जेठ १५

लोकल करेन्सी लिंक्ड बण्ड जारी गरेर अन्तर्राष्ट्रिय बजारबाट पुँजी भित्र्याइने
लोकल करेन्सी लिंक्ड बण्ड जारी गरेर अन्तर्राष्ट्रिय बजारबाट पुँजी भित्र्याइने

काठमाडौं। सरकारले हरित तथा दिगो विकास बण्डको माध्यमबाट निजी पुँजी परिचालन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८२ को बजेट संसद्‍मा प्रस्तुत गर्दै ग्रीन बण्ड जारी गरेर निजी क्षेत्रको लगानी परिचालन गर्न नीतिगत सुधार गरिने बताएका छन्।

‘ग्रीन ट्याक्सोनोमीको अवधारणाअनुरूप हरित तथा दिगो विकास बण्डको माध्यमबाट निजी पुँजी परिचालन गर्न आवश्यक नीतिगत तथा संरचनागत व्यवस्था मिलाइने छ,’ उनले भने।

उनले लोकल करेन्सी लिंक्ड बण्ड जारी गरी अन्तर्राष्ट्रिय बजारबाट पुँजी भित्र्याइने बताए।