काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजदेखि काठमाडौंमा प्रदर्शन सुरु गरेको छ। राजावादी दल राप्रपाले राज संस्थाको माग गर्दै प्रदर्शन गरेको हो।
राजधानीका विभिन्न स्थानमा भेला भएका राप्रप कार्यकर्ता र नेताहरु रत्नपार्कमा भेला भएका थिए।
उनीहरुको प्रदर्शनका लागि आज काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो।