BIZMANDU
www.bizmandu.com

सम्पत्ति बीमाको दायरा बढाइने, बीमा कम्पनीलाई ग्रामीण पहुँचमा निर्देशित गरिने

२०८२ जेठ १५

सम्पत्ति बीमाको दायरा बढाइने, बीमा कम्पनीलाई ग्रामीण पहुँचमा निर्देशित गरिने
सम्पत्ति बीमाको दायरा बढाइने, बीमा कम्पनीलाई ग्रामीण पहुँचमा निर्देशित गरिने


कठमाडौं। सम्पत्ति बीमाको दायरा बढाइने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै ग्रामीण क्षेत्रमा पहुँच विस्तार गर्न इन्स्योरेन्स कम्पनीलाई निर्देशित गरिने बताएका हुन्।

Tata
GBIME

‘प्राकृतिक प्रकोप, विपत र दुर्घटनाबाट हुने सुरक्षा गर्न सम्पत्ति बीमाको दायरा विस्तार गरिनेछ। बीमा कम्पनीलाई ग्रामीण स्तरमा पहुँच गर्न निर्देशित गरिनेछ,’ उनले भने।

पौडेलले साइबर सुरक्षा बीमा गरिने बताए। सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले गत चैतमा सहरी क्षेत्रमा घर निर्माणको नक्सा पास गर्ने क्रममै अनिवार्य इन्स्योरेन्सको व्यवस्था गर्न सुझाव दिएको थियो।

आयोगले कर छुट दिएर यस्तो व्यवस्था गर्न सुझाएको थियो।