BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री पौडेलको अर्थतन्त्र विस्तार प्रक्षेपण : आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत

२०८२ जेठ १५

अर्थमन्त्री पौडेलको अर्थतन्त्र विस्तार प्रक्षेपण : आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत
अर्थमन्त्री पौडेलको अर्थतन्त्र विस्तार प्रक्षेपण : आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदको दुबै सदनमा आगामी वर्षको बजेट सार्वजनिक गर्दै मूल्य अभिवृद्धि लक्ष्य ५.५ प्रतिशत राखेका छन्।

Tata
GBIME
Nepal Life

चालु वर्षको बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धि र साढे ५.३ प्रतिशतको मूल्य वृद्धि लक्ष्य राखिएको थियो। तर आर्थिक वृद्धि ४.६१ प्रतिशत मात्र हासिल हुने राष्ट्रिय तथ्यांक कार्यालयले उल्लेख गरेको छ।

चालु वर्ष अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगको छ। सरकारले राखेको ६ प्रतिशतको लक्ष्य प्राप्ति गर्न करिब १० खर्ब रुपैयाँ लगानी गर्नु पर्ने अर्थशास्त्रीहरु बताउँछन्।

कोभिडपछि कुनै पनि सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल हुन सकेको छैन। अवास्तविक, कार्यान्वयन गर्न नसकिने बजेट ल्याउने गर्दा आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसकेको हो।

सरकारले आर्थिक वृद्धिको लक्ष्य महत्वकांक्षी नराखे पनि औसतभन्दा बढी राखेको छ। तर, बजेटले निजी क्षेत्रको लगानी आकर्षित गर्ने खास कार्यक्रम नसमेटेकोले आर्थिक वृद्धिको लक्ष्य अनुसार हासिल हुनेमा शंका छ।