BIZMANDU
www.bizmandu.com

अर्थमन्त्रीले ल्याए १९ खर्ब ६४ अर्बको बजेट, राजस्वको लक्ष्य १३ खर्ब १५ अर्ब

२०८२ जेठ १५

अर्थमन्त्रीले ल्याए १९ खर्ब ६४ अर्बको बजेट, राजस्वको लक्ष्य १३ खर्ब १५ अर्ब
अर्थमन्त्री पौडेल काठमाडौँ, १५ जेठ : उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्न जाने क्रममा । तस्बिर : नवीन पौडेल/रासस

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएका छन्। यो रकम चालु आवको चन्दा ५.६ प्रतिशतले बढी हो।

Tata
GBIME
Nepal Life

चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ।

बजेटमा १३ खर्ब १५ खर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएको छ। यस्तै वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड र आन्तरिक ऋणबाट ३ अर्ब ६२ अर्ब रुपैयाँ जुटाउने सरकारको लक्ष्य छ।