BIZMANDU
www.bizmandu.com

खानेपानी तथा सरसफाइ मन्त्रालयको बढ्यो बजेट, ३३ अर्ब ८९ करोड रुपैयाँ विनियोजन

२०८२ जेठ १५

खानेपानी तथा सरसफाइ मन्त्रालयको बढ्यो बजेट, ३३ अर्ब ८९ करोड रुपैयाँ विनियोजन
खानेपानी तथा सरसफाइ मन्त्रालयको बढ्यो बजेट, ३३ अर्ब ८९ करोड रुपैयाँ विनियोजन


काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि बजेट बढाएको छ। आगामी आवका लागि ३३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ।

Tata
GBIME

कार्य सम्पादन कमजोर रहेकाले अघिल्लो सरकारले गत आवका तुलनामा चालु आवलाई बजेट घटाएर विनियोजन गरेको थियो। अर्थमन्त्री विष्णु पौडेलले बजेट बढाएर विनियोजन गरेका हुन्। चालु आवका लागि मन्त्रालयको बजेट २६ अर्ब ६३ करोड रुपैयाँ छ। आव २०८०/८१ मा बजेट २८ अर्ब १६ करोड थियो।

बिहीबार संघीय संसदको संयुक्त बैठकमा २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले काठमाडौं उपत्यकामा खानेपानी विस्तार गर्न ६ अर्ब ३७ करोड विनियोजन गरेको बताए।

आगामी वर्ष तराई/मधेसका अधुरा २ सय ८० खानेपानी आयोजना सम्पन्न गरी स्थानीय तहमा हस्तान्तरण गरिने पनि उनले उल्लेख गरे। विपद्‍बाट क्षतिग्रस्त आयोजनाको मर्मत र पुनःस्थापना गर्न ४१ करोड विनियोजन गरेको उनले बताए।