BIZMANDU
www.bizmandu.com

औद्योगिक क्षेत्रमा नयाँ उद्योगलाई सुरुका तीन वर्ष भाडा छुट दिने, निर्यातमा सेजसरह छुट

२०८२ जेठ १५

औद्योगिक क्षेत्रमा नयाँ उद्योगलाई सुरुका तीन वर्ष भाडा छुट दिने, निर्यातमा सेजसरह छुट
वार्षिक अनुमान प्रस्तुत गर्नुहुँदै काठमाडौँ, १५ जेठः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२÷८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुहुँदै । तस्बिरः नवीन पौडेल÷रासस

काठमाडौं। विशेष आर्थिक र औद्योगिक क्षेत्रमा स्थापना अनुमति प्राप्त गर्ने नयाँ उद्योगहरुलाई सरकारले सुरुका तीन वर्षको भाडामा छुट दिने भएको छ।

Tata
GBIME
Nepal Life

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो उल्लेख गरेका हुन्। विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रति वर्गमिटर २० रुपैयाँबाट घटाइ ५ रुपैयाँ कायम गरिने उनले बताए।

औद्योगिक क्षेत्रले उत्पादन गरेको २० प्रतिशतभन्दा बढी निर्यात गरेमा विशेष आर्थिक क्षेत्र सरह सुविधा दिइने पनि उनले उल्लेख गरे। औद्योगिक क्षेत्रको निर्माण गर्ने कम्पनीलाई जलविद्युत उत्पादन कम्पनीको सरह र त्यस्तो उद्योगिक क्षेत्रमा स्थापना हुने उद्योगलाई विशेष आर्थिक क्षेत्रको सरह सुविधा उपलब्ध गराइने उनले बताए।

औद्योगिक क्षेत्रका लागि निर्धारित मासिक भाडा दरमा ५० प्रतिशत कटौती गरिने उनले बताए। औद्योगिक पूर्वाधार निर्माणका लागि सरकारले १ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको उनले उल्लेख गरे।