BIZMANDU
www.bizmandu.com

सौर्य तथा वायु ऊर्जाको ब्याट्री स्टोरेज योजना, इभीको ब्याट्री व्यवस्थापनमा सघाउने

२०८२ जेठ १५

सौर्य तथा वायु ऊर्जाको ब्याट्री स्टोरेज योजना, इभीको ब्याट्री व्यवस्थापनमा सघाउने
तस्बिर : झापा इनर्जी।


काठमाडौं। उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष सरकारले सौर्य तथा वायु ऊर्जालाई ब्याट्रीमा स्टोरेज गरेर राख्ने योजना बनाएको बताएका छन्।

Tata
GBIME

बिहीबार संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उनले यो योजना सार्वजनिक गरेका हुन्। ब्याट्रीमा स्टोरेज भएको विद्युतलाई राष्ट्रिय प्रणालीमा आबद्ध गरेमा जलाशययुक्त आयोजनासरह विद्युत खरिद सम्झौता गर्ने व्यवस्था मिलाइने उनले बताए।

पछिल्लो समय इभीमा प्रयोग भएका ब्याट्रीहरुलाई ७० प्रतिशत लाइफ सकिएपछि ऊर्जा स्टोरेजमा प्रयोग गर्न निजी क्षेत्रले योजनाहरु बनाएर काम गरिरहेका छन्। सरकारले घोषणा गरेअनुसार काम गरेमा उनीहरुको योजनालाई टेवा पुर्‍याउने छ। यसले इभीको ब्याट्री व्यवस्थापनमा पनि ठूलो भूमिका खेल्नेछ।