BIZMANDU
www.bizmandu.com

फास्ट ट्रयाकका लागि २४ अर्ब ४९ करोड विनियोजन, २०८३ सम्म सम्पन्न गर्ने लक्ष्य

२०८२ जेठ १५

फास्ट ट्रयाकका लागि २४ अर्ब ४९ करोड विनियोजन, २०८३ सम्म सम्पन्न गर्ने लक्ष्य
फास्ट ट्रयाकका लागि २४ अर्ब ४९ करोड विनियोजन, २०८३ सम्म सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ मा काठमाडौं-तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाका लागि २४ अर्ब ४९ करोड बजेट विनियोजन गरेका छन्।

Tata
GBIME
Nepal Life

उनले बिहीबार संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त बजेट विनियोजन गरेको बताएका हुन्। चालु आर्थिक वर्षमा फास्ट ट्रयाकका लागि २२ अर्ब ४४ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो।

परिमार्जित विस्तृत परियोजना प्रतिवेदनबमोजिम काठमाडौं-तराई / मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत रहेका जम्मा ७ सुरुङमध्ये २०८१ फागुनसम्म ४ सुरुङ निर्माणाधीन अवस्थामा रहेका छन्।

त्यसैगरि, अन्य ३ सुरुङको डिजाइन तथा पूर्व तयारीको कार्य भइरहेको छ। आयोजना अन्तर्गत निर्माण गरिने ८९ पुलमध्ये २०८१ फागुनसम्म ८५ पुलको ठेक्का व्यवस्थापन भई पुल निर्माण कार्य सुरु भएको छ।

आयोजना २०८३ भित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ।