BIZMANDU
www.bizmandu.com

कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन, कुन क्षेत्रमा कति ?

२०८२ जेठ १५

कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन, कुन क्षेत्रमा कति ?
कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन, कुन क्षेत्रमा कति ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरेको छ।

Tata
GBIME
Nepal Life

बिहीबार संघीय संसदको संयुक्त्त बैठकमा २०८२/०८३ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरेको बताएका हुन्।

सरकारले कृषिमा आधुनिकरण अर्थतन्त्रमा रुपान्तरण नारा सहित कृषि क्षेत्रलाइ प्राथमिकतामा राखेको छ। आगामी वर्षको बजेटमा कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न जोड दिइने उल्लेख छ।

राष्ट्रिय कृषि आधुनिकिकरण अन्तर्गत कृषि तथा पशुपालन तर्फ २१ सुपर जोन, २०६ जोनमा सिँचाइ, मल, बिउ र प्रविधिको लागि अनुदान तथा सहुलियत प्रदान गर्न ३ अर्ब ५० करोड विनियोजन गरिएको छ।

चैत धान खेतीका लागि सिँचाइ र पूर्वाधार निर्माण गर्न ३३ करोड विनियोजन गरिएको छ। लम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मध्य तथा उच्च पाहाडी जिल्ला ८० स्थानीय तहमा उच्च मूल्यको बाली प्रवर्धन गर्न ८३ करोड विनियोजन गरेको छ।

रसायनिक मल अनुदानको लागि २८ अर्ब ८२ करोड र प्रांगारिक कृषि प्रवर्धन कार्यक्रमको लागि ४० करोड विनियोजन गरेको छ।

उनले मासु निर्यातलाई जोड दिने पनि बताएका छन्। पशुपालन उत्पादकत्व वृद्धि गरिने उनले उल्लेख गरे।

‘पशुपंक्षीमा लाग्ने रोग नियन्त्रण गर्न ५ करोड ५० करोड डोज खोप उत्पादन गरिनेछ। खोप उत्पादन गर्न ८५ करोड विनियोजन गरेको छ। साथै, कृषि तथा पशुपंक्षी बीमाको प्रिमियमको अनुदानको लागि २ अर्ब ३० करोड छुट्याइएको छ। साथै किसान एपको विकास गरिनेछ,’ उनले भने।