BIZMANDU
www.bizmandu.com

मोटर बीमामा तेस्रो पक्ष बीमालाई समयसापेक्ष बनाइने, गाडीको नियमित फिटनेस टेस्ट गर्नुपर्ने

२०८२ जेठ १५

मोटर बीमामा तेस्रो पक्ष बीमालाई समयसापेक्ष बनाइने, गाडीको नियमित फिटनेस टेस्ट गर्नुपर्ने
मोटर बीमामा तेस्रो पक्ष बीमालाई समयसापेक्ष बनाइने, गाडीको नियमित फिटनेस टेस्ट गर्नुपर्ने

काठमाडौं। मोटर बीमामा तेस्रो पक्ष बीमालाई समयसापेक्ष बनाइने भएको छ।

Tata
GBIME
Nepal Life

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्‍मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सवारी दुर्घटना न्यूनिकरणका लागि रिफ्रेस सेन्टर, सवारी साधनको नियमित फिटनेस टेस्ट गर्नुपर्ने व्यवस्था गरिने बताए।

‘सबै सडक दुर्घटना न्यूनिकरणका लागि रिफ्रेस सेन्टर सञ्चालन गरिनेछ। सबै प्रकारका सवारी साधनको नियमित फिटनेस टेस्ट गर्नुपर्ने व्यवस्था रिनेछ। तेस्रो पक्ष बीमालाई समयसापेक्ष बनाइनेछ,’ उनले भने।

सवारी बीमामा अहिले तेस्रो पक्ष बीमा अनिवार्य छ। बीमा प्रिमियमलाई लिएर इन्स्योरेन्स कम्पनी, यातायात व्यवसायीबीच रस्साकसी छ।

नेपाल बीमा प्राधिकरणले मोटर बीमा पोलिसीमा हेरफेर गर्न एक वर्षअघि नै तयारी गरे पनि अहिलेसम्म कार्यान्वयनमा ल्याउन सकेको छैन।