BIZMANDU
www.bizmandu.com

हदबन्दीको मारमा परेका हाउजिङ तथा अपार्टमेन्टलाई राहत, बजेटबाट बेच्न खुला

२०८२ जेठ १५

हदबन्दीको मारमा परेका हाउजिङ तथा अपार्टमेन्टलाई राहत, बजेटबाट बेच्न खुला
हदबन्दीको मारमा परेका हाउजिङ तथा अपार्टमेन्टलाई राहत, बजेटबाट बेच्न खुला

काठमाडौं। सरकारले हदबन्दीका कारणले बिक्री हुन नसकेका हाउजिङ तथा अपार्टमेन्ट बेच्न दिने घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले जग्गा प्राप्ति तथा हदबन्दीसम्बन्धी कानुन पुनरावलोकन गर्ने घोषणा गरेका हुन्।

पौडेलले उद्योग, व्यवसाय, कृषि फर्म, हाउजिङ तथा अपार्टमेन्टलाई हदबन्दीभन्दा बढी जग्गा किन्न पाउने घोषणा गरेको छन्।

‘अनुमति प्राप्त गरी निर्माण सम्पन्न भएका तर हदबन्दीका कारणले बिक्री हुन नसकेका हाउजिङ तथा अपार्टमेन्ट बेच्न पाउने व्यवस्था मिलाइनेछ,’ पौडेलले भने।