BIZMANDU
www.bizmandu.com

२ वर्ष भित्र चामलमा आत्मनिर्भर हुने सरकारको लक्ष्य, चैते धान खेती प्रवर्धन गरिने

२०८२ जेठ १५

२ वर्ष भित्र चामलमा आत्मनिर्भर हुने सरकारको लक्ष्य, चैते धान खेती प्रवर्धन गरिने
२ वर्ष भित्र चामलमा आत्मनिर्भर हुने सरकारको लक्ष्य, चैते धान खेती प्रवर्धन गरिने

काठमाडौं। सरकारले २ वर्ष भित्र चामलमा आत्मनिर्भर हुने गरि भित्री मधेश र मधेश प्रदेशका २२ जिल्लामा चैते धान खेती प्रवर्धन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

आज बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसबाट थप १२ लाख धान उत्पादन हुने अनुमान रहेको बताएका हुन्।

सरकारले आगामी आर्थिक वर्षमा सिचाइँ र पुर्वाधार निर्माण गर्न ३३ करोड रुपैयाँ विनियोजन गरेको छ। 

साथै, लुम्बिनी कर्णाली र सुदूरपश्चिमको मध्य तथा उच्च पहाडी क्षेत्रमा उच्च मल्यको बाली प्रवर्धन गरिने पनि बजेटमा उल्लेख छ। यसका लागि ३३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रांगारिक कृषि कार्यक्रमको लागि ४० करोड विनियोजन भएको उनले जानकारी दिए।