BIZMANDU
www.bizmandu.com

आगामी वर्ष ५ लाख सुकुम्बासीलाई जग्गा बाँड्ने सरकारको घोषणा, कृषि जग्गा बाँझो राख्न रोक

२०८२ जेठ १५

आगामी वर्ष ५ लाख सुकुम्बासीलाई जग्गा बाँड्ने सरकारको घोषणा, कृषि जग्गा बाँझो राख्न रोक
आगामी वर्ष ५ लाख सुकुम्बासीलाई जग्गा बाँड्ने सरकारको घोषणा, कृषि जग्गा बाँझो राख्न रोक

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ भित्र लगत संकलन र प्रमाणीकरण गरी ५ लाख सुकुम्बासी घरपरिवारलाई लालपूर्जा वितरण गर्ने घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ५ लाख घरपरिवारलाई स्थायीरुपमा जग्गा उपलब्ध गराउने घोषणा गरेका हुन्। त्यसका लागि स्रोतसाधन तथा जनशक्तिको अभाव हुन नदिने दाबी अर्थमन्त्रीले गरेका छन्।

त्यस्तै, कृषियोग्य भूमि बाँझो राख्न नपाइने नीति अर्थमन्त्री पौडेलले पनि दोहोर्‍याएका छन्। यसअघिका बजेटमा पनि कृषियोग्य भूमि बाँझो राख्न नदिने घोषणा भएको थियो।

‘कृषियोग्य भूमिको उपयोग गर्न भूमि बैंकसम्बन्धी कानुनी तथा संस्थागत प्रबन्ध गरिनेछ। आगामी आर्थिक वर्षमा कम्तीमा १०० स्थानीय तहमा भूमि बैंक स्थापना गरिनेछ। जग्गाधनीले जग्गा लिजमा दिन चाहेमा स्थानीय तहसँग करार सम्झौता गर्ने व्यवस्था गरिनेछ,’ उनले भने।