BIZMANDU
www.bizmandu.com

आईपीएलको फाइनल पुग्न आमनेसामने हुँदै पञ्जाव र बेङ्ग्लुरु, कस्को पल्ला भारी?

२०८२ जेठ १५

आईपीएलको फाइनल पुग्न आमनेसामने हुँदै पञ्जाव र बेङ्ग्लुरु, कस्को पल्ला भारी?
आईपीएलको फाइनल पुग्न आमनेसामने हुँदै पञ्जाव र बेङ्ग्लुरु, कस्को पल्ला भारी?


पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बेङ्ग्लुरु दुवैले हालसम्म आईपीएलको ट्रफी जित्न सकेका छैन्न। जारी संस्करणको पहिलो क्वालिफायरमा यी दुई टोली आमनेसामने हुँदैछन्।

Tata
GBIME

मुल्लानपुरमा आज साँझ पौने ८ बजेबाट सुरु हुने खेलको नतिजाले यीमध्ये एक टोलीआई फाइनलमा पुर्‍याउने छ। पराजित हुने टोलीलाई पनि दोस्रो क्वालिफायरको बाटोबाट फाइनल पुग्ने विकल्प खुला हुनेछ।

पछिल्ला केही वर्षयता बेङ्ग्लुरुले नियमित जसो प्लेअफ खेलिरहेको छ। सन् २०१६ मा फाइनल पुगेर पनि बेङ्ग्लुरु च्याम्पियन बन्नबाट चुकेको थियो।

त्यसको ठीक २ वर्षअघि पञ्जाव पनि फाइनल पुगेको थियो। बेङ्ग्लरु हैदराबादसँग र पञ्जाब कोलकातासँग पराजित हुँदा हालसम्म दुवै टोली उपाधिविहीन छन्। यसपटक फेरि फाइनल पुग्ने लक्ष्यमा यी दुई टोली मैदान उत्रनेछन्।

आईपीएलको इतिहासमा बेङ्ग्लुरुको पहिचान हो सुपरस्टार खेलाडीको उपस्थिति। तर, यसपटकको कथा अलि फरक छ। बेङ्ग्लुरुका कप्तान रजत पतिदारका नाममा ४ अन्तर्राष्ट्रिय क्याप छ भने उपकप्तान जितेश शर्मासँग ९। यही अवस्था पञ्जावको पनि छ। उसका जितहरू राष्ट्रिय टोली बाहिरका भारतीय खेलाडीको वरपर छ।

यी दुई टोलीको समानता यतिमा टुंगिँदैन। दुवै टोलीका मुख्य बलरहरू चोटबाट फर्किएका छन्। हातमा चोटका कारण पछिल्ला दुई खेल गुमाएका पञ्जावका युजवेन्द्र चहल आजको खेलमा फर्कने सम्भावना छ। त्यस्तै, बेङ्ग्लुरुका मुख्य बलर जोस हेजलवुड पनि निको भएर फर्कँदैछन्।

यस्तै, लिग चरणमा अहम भूमिका खेलेका खेलाडीको कमी दुवै टोलीमा रहने छ। दक्षिण अफ्रिकाका मार्को जेनसन पञ्जाव छाडेर स्वदेश फर्किसकेका छन् भने बेङ्ग्लुरुका टिम डेभिड ह्यामस्ट्रङ इन्ज्युरीका कारण उपलब्ध नहुने सम्भावना छ।

ब्याटिङमा पञ्जावमा अनुभवी श्रेयस ऐय्यरमाथि ठूलो आशा रहनेछ। अर्कोतर्फ बेङ्ग्लुरुमा आईपीएलमै सर्वाधिक रन बनाउने खेलाडी बिराट कोहलीमाथि अपेक्षा रहने छ।

यसपाला कोहलीले ६०८ रन बनाउँदा ऐय्यरले ५१४ रन बनाएका छन्। स्ट्राइकरेट भने ऐय्यरको राम्रो छ। ऐय्यरको मुल्लानपुर स्टेडियममा रेकर्ड राम्रो छैन भने बेङ्ग्लुरुका बलरविरुद्ध पनि उनको प्रदर्शन प्रभावशाली छैन।