BIZMANDU
www.bizmandu.com

इसेवाले ल्यायो ‘बिना ट्रबल, पैसा डबल’ अफर, बम्पर पुरस्कारमा १ लाख रुपैयाँ

२०८२ जेठ १५

इसेवाले ल्यायो ‘बिना ट्रबल, पैसा डबल’ अफर, बम्पर पुरस्कारमा १ लाख रुपैयाँ
इसेवाले ल्यायो ‘बिना ट्रबल, पैसा डबल’ अफर, बम्पर पुरस्कारमा १ लाख रुपैयाँ

काठमाडौं। इसेवाले ‘बिना ट्रबल, पैसा डबल’ अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत इसेवाबाट बैंक खातामा रकम ट्रान्सफर गर्ने दैनिक २ जनाले ५ हजारसम्मको ‘डबल क्यासब्याक’ जित्न सक्ने कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार अफर सकिएपछि थप २ जना प्रयोगकर्ताले बम्पर पुरस्कार स्वरूप १ लाख रुपैयाँ जित्ने छन्। जेठ १५ देखि असार १३ गतेसम्म चल्ने यस अफरमा इसेवा डाइरेक्ट, क्यूआर स्क्यान वा खाता नम्बरमध्ये जुनसुकै माध्यमबाट पनि बैंक खातामा रकम ट्रान्सफर (बैंक ट्रान्सफर) गर्ने सबै प्रयोगकर्ता पुरस्कारको लागि योग्य रहनेछन्।

हरेक दिन छनौट गरिने २ जना ‘डबल क्यासब्याक’ विजेतामध्ये १ जना विजेता नयाँ प्रयोगकर्ताहरूबाट छनोट गरिनेछ।

इसेवाले डिजिटल कारोबारलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउन देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै आएको छ। हाल इसेवामा नेपालका सबै प्रमुख बैंक तथा वित्तीय संस्थाहरू साझेदारको रूपमा आबद्ध छन्।

‘यी साझेदारीहरूले डिजिटल भुक्तानी प्रणालीलाई जनमैत्री, भरपर्दो र सुलभ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। बैंक तथा वित्तीय संस्थाहरू सँगको साझेदारीले सेवा प्राप्त गर्नेलाई थप सहजता प्रदान गरेको छ भने लेनदेनको सुरक्षा र विश्वसनीयता पनि सुनिश्चित गरेको छ,’ इसेवाले भनेको छ।