BIZMANDU
www.bizmandu.com

एमाले र राप्रपाको प्रदर्शन : चोक चोकमा प्रहरी, रत्नपार्क-भृकुटीमण्डप क्षेत्रमा सुरक्षा व्यवस्था कडा

२०८२ जेठ १५

एमाले र राप्रपाको प्रदर्शन : चोक चोकमा प्रहरी, रत्नपार्क-भृकुटीमण्डप क्षेत्रमा सुरक्षा व्यवस्था कडा
एमाले र राप्रपाको प्रदर्शन : चोक चोकमा प्रहरी, रत्नपार्क-भृकुटीमण्डप क्षेत्रमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । आज सत्तारुढ दल नेकपा एमाले र राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीमा प्रदर्शन गर्दैछन्। जसकारण बिहानदेखि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ।

Tata
GBIME

एमालेले गणतन्त्र दिवसको अवसरमा भृकुटीमण्डपमा कार्यक्रम गर्दैछ। राप्रापाले भने शान्ति बाटिकामा प्रदर्शन गर्दैछ। एमालेको कार्यक्रम दिउँसो २ बजेसम्म हुनेछ भने राप्रपाको प्रदर्शन २ बजेपछि सुरु हुने जनाइएको छ।

दुवै दलको कार्यक्रमलाई लक्षित गरेर प्रहरीले सुरक्षा योजना बनाएको छ। हाल रत्नपार्क क्षेत्रमा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ। त्यस क्षेत्रमा सवारी समेत डाइभर्ट गरिएको छ।

प्रदर्शनमा भिड नियन्त्रण गर्न पर्ने अवस्थाका लागि पनि प्रहरीलाई तालिम दिइएको छ।

दुवै दलको प्रदर्शनमा सहभागी हुन आउनेहरुलाई एकैस्थानमा भने भेला हुन नदिने प्रहरी रणनीति छ।