BIZMANDU
www.bizmandu.com

हेलिकोप्टरका लागि मनसुन मापदण्ड एक सातामै परिवर्तन, हटाइयो हिल्सा र केरुङको नाम

२०८२ जेठ १४

हेलिकोप्टरका लागि मनसुन मापदण्ड एक सातामै परिवर्तन, हटाइयो हिल्सा र केरुङको नाम
हेलिकोप्टरका लागि मनसुन मापदण्ड एक सातामै परिवर्तन, हटाइयो हिल्सा र केरुङको नाम

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हेलिकोप्टरका लागि बनाइएको मनसुन मापदण्ड एक सातामै परिवर्तन गरेको छ।

Tata
GBIME

समुद्री सतहबाट १२ हजार फिट मुनि उचाईमा उडान गर्ने गरी बनाएको मापदण्ड क्यानले उद्दार उडान र स्वास्थ्य सामग्री ढुवानीमा भने लागू नहुने निर्णय गरेको छ।

यसअघिको मापदण्डमा केरुङ र हिल्साका लागि छुट दिइएको थियो। त्यो छुटलाई लिएर गुनासो आएपछि हेरफेर गरेको क्यानका एक कर्मचारीले बताए।

‘एक साताअघिको मापदण्डमा दुई वटाबाहेक सबै गन्तव्यको उडानमा डुअल पाइलट अनिवार्य थियो,’ उनले भने, ‘दुईवटा गन्तव्यप्रति लचिलो भएको गुनासो आएपछि हामीले नयाँ सर्कुलर जारी गरेका हौं।’

केरुङ र हिल्सा दुवै गन्तव्य समुद्र सतहदेखि १० हजार फिट कम उचाईमा छन्। तैपनि यी गन्तव्यमा उडानका लागि दुई पाइलट नचाहिने मापदण्डलाई लिएर गुनासो आएको थियो। त्यही कारण क्यानले यी दुई गन्तव्यको नाम नै सर्कुलरबाट हटाएको छ।      

नयाँ सर्कुलर अनुसार मनसुन सिजनमा समुद्र सतहदेखि १२ हजार फिटसम्मका सबै गन्तव्यमा उडान गर्ने हेलिकप्टरलाई दुई पाइलट अनिवार्य गरिएको छ।