काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अनिवार्य नगद मौज्दातको दैनिक न्यूनतम ९० प्रतिशत रकम कायम गर्नुपर्ने भएको छ।
जेठ १८ गतेदेखि लागू हुने गरि बैंक तथा वित्तीय संस्थाहरुले कूल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य नगद मौज्दातबापत दैनिक न्यूनतम ९० प्रतिशत रकम राष्ट्र बैंकमा राख्नु पर्ने भएको हो।
बुधबार राष्ट्र बैंकले सर्कूलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई अनिवार्य नगद मौज्दातबापत दैनिक न्यूनतम ९० प्रतिशत रकम राष्ट्र बैंकमा राख्नु पर्ने भनेको छ। यसअघि अनिवार्य नगद मौज्दातबापत दैनिक न्यूनतम ७० प्रतिशत रकम राष्ट्र बैंकमा राख्नु पर्ने व्यवस्था थियो।
साथै, सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा कायम गर्नु पर्ने भएको छ। यसअघि ५० लाख माथिको सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत थियो।
लगानीकर्ताले लामो समयदेखि सेयर धितो कर्जाको जोखिम भार घटाउन माग गर्दै आएका थिए। राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत जोखिम भार घटाएको हो।