BIZMANDU
www.bizmandu.com

प्रभुको नयाँ हेलिकोप्टरले क्यानबाट पायो उडान अनुमति, यही वर्ष एयरबससँग अर्को पनि किन्ने

२०८२ जेठ १४

प्रभुको नयाँ हेलिकोप्टरले क्यानबाट पायो उडान अनुमति, यही वर्ष एयरबससँग अर्को पनि किन्ने
प्रभुको नयाँ हेलिकोप्टरले क्यानबाट पायो उडान अनुमति, यही वर्ष एयरबससँग अर्को पनि किन्ने

काठमाडौं। प्रभुको नयाँ हेलिकोप्टरलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान अनुमति दिएको छ।

Tata
GBIME

पर्यटक ओसारपसार, आकस्मिक स्वास्थ्य उद्धार, सामग्री ढुवानी र मानवीय उद्धार कार्यका लागि उडान अनुमति दिएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

प्रभुले हालै किनेको एयरबस एच १२५ सिरिजको नयाँ हेलिकोप्टरलाई ९एन-एएनटी कलसाइन दिइएको छ। कम्पनीसँग एयरबस कम्पनीको हेलिकोप्टर संख्या दुई पुगेको छ। 

दुर्गम तथा उच्च भूभागमा सुरक्षित, भरपर्दो र प्रभावकारी सेवाका लागि उत्कृष्ट भएका कारण एयरबसको हेलिकप्टर खरिद गरेको प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले बताए। अत्याधुनिक प्रविधि जडित हेलिकप्टर ५ यात्रु सिट क्षमताको हो।

कम्पनीले यही वर्षभित्र एयरबसकै अर्को नयाँ हेलिकोप्टर खरिदका लागि प्रारम्भिक सम्झौता गरिसकेको छ।