BIZMANDU
www.bizmandu.com

मकरी गाड हाइड्रोपावरले सेयर जारी गर्दै, सानिमा क्यापिटल बिक्री प्रबन्धक नियुक्त

२०८२ जेठ १४

मकरी गाड हाइड्रोपावरले सेयर जारी गर्दै, सानिमा क्यापिटल बिक्री प्रबन्धक नियुक्त
मकरी गाड हाइड्रोपावरले सेयर जारी गर्दै, सानिमा क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं। मकरी गाड हाइड्रोपावर लिमिटेडले साधारण सेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

Tata
GBIME

मकरी गाड हाइड्रोपावर लिमिटेडबाट प्रमुख कार्यकारी अधिकृत करन चन्द र सानिमा क्यापिटल लिमिटेडबाट प्रमुख कार्यकारी अधिकृत भीष्म राजचालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

कम्पनीले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरका ५९ लाख ४० हजार कित्ताले हुन आउने ५९ करोड ४० लाख बराबरको सेयर निष्कासन गर्दैछ।

मकरी गाड हाइड्रोपावर लिमिटेडद्धारा प्रवर्धित दार्चुला जिल्लास्थित अपि हिमाल गाउँपालिका-५ को मकरी खोलाको पानी उपयोग गरि १० मेगावाट क्षमताको आयोजना निर्माण गरेर विद्युत उत्पादन गरिरहेको छ।