BIZMANDU
www.bizmandu.com

राप्रपाका ज्ञानेन्द्र शाही, दीपक सिंह र ध्रुवबहादुर प्रधानको पीएसओ सरकारले हटायो

२०८२ जेठ १४

राप्रपाका ज्ञानेन्द्र शाही, दीपक सिंह र ध्रुवबहादुर प्रधानको पीएसओ सरकारले हटायो
राप्रपाका ज्ञानेन्द्र शाही, दीपक सिंह र ध्रुवबहादुर प्रधानको पीएसओ सरकारले हटायो


काठमाडौं। सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन नेताका निजी सुरक्षा अधिकारी (पीएसओ) हटाएको छ।

Tata
GBIME

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह र पूर्वप्रहरी महानिरीक्षक समेत रहेका सांसद ध्रुवबहादुर प्रधानको पीएसओ हटाइएको हो।

सांसद शाहीले बुधबार संसद् भवन परिसरमा सरकारले अचानक आफूहरुका पीएसओ हटाएको जानकारी दिए। राप्रपाले जेठ १५ गते गणतन्त्र दिवसका दिन गणतन्त्रको विरोधमा प्रदर्शनको तयारी गरिरहँदा सरकारले अचानक तीन नेताको पीएसओ हटाउनुलाई अर्थपूर्ण मानिएको छ।