BIZMANDU
www.bizmandu.com

न्यूजिल्याण्डका उपप्रधानमन्त्री काठमाडौं आइपुगे, आजै शिष्टाचार र द्विपक्षीय भेटवार्ता गर्दै

२०८२ जेठ १४

न्यूजिल्याण्डका उपप्रधानमन्त्री काठमाडौं आइपुगे, आजै शिष्टाचार र द्विपक्षीय भेटवार्ता गर्दै
न्यूजिल्याण्डका उपप्रधानमन्त्री काठमाडौं आइपुगे, आजै शिष्टाचार र द्विपक्षीय भेटवार्ता गर्दै

काठमाडौं । न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन्।

Tata
GBIME

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी केहीबेर अघि ओर्लिृका हुन्। उनलाई परराष्ट्र सचिव अमृत राईले स्वागत गरेका छन्।

उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।

यस्तै, आज साँझ नै उनले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

आजै उनको सम्मानमा परराष्ट्रमन्त्री डा राणाले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम पनि छ।