BIZMANDU
www.bizmandu.com

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई ७३ करोड १४ लाख बाँड्ने

२०८२ जेठ १४

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई  ७३ करोड १४ लाख बाँड्ने
हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, सेयरधनीलाई ७३ करोड १४ लाख बाँड्ने

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

Tata
GBIME

इन्स्योरेन्सको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीको चुक्ता पुँजी अहिले ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ छ। इन्स्योरेन्सका सेयरधनीले कर प्रयोजनसहित ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ प्रतिफल पाउनेछन्।

नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।